Nepali

Anti-Discrimination NSW (भेदभाव विरोधी एनएसडब्ल्यु)

हामी Anti-Discrimination Act 1977 (the Act) (भेदभावविरूद्धको ऐन १९७७ ऐन) (ऐन) लाई कार्यान्वयन गर्ने न्यू साउथ वेल्स (NSW) राज्य सरकारको अंग हो। हामी नि:शुल्क सेवाहरू प्रदान गर्दछौं र न्यू साउथ वेल्समा हुने भेदभावलाई अन्त्य गर्नका लागि निम्नरूपमा प्रयासरत छौँ :

  • सोधपुछको उत्तर दिएर
  • उजूरीहरूको मिलाप गराएर
  • भेदभाव र यसको प्रभावहरूबारेमा चेतना बढाएर
  • केही निश्चित व्यक्तिहरूको समूहलाई केही काम, कार्यक्रम, सेवा वा सुविधामाथिको पहुँचमा सुधार गर्न अनुकूल गराउनका लागि कानूनबाट छूटको आवेदनहरूलाई व्यवस्थापन गरेर।
  • सरकारलाई भेदभावसम्बन्धी मुद्दाहरूको बारेमा सल्लाह दिएर।

भेदभाव भनेको के हो?

भेदभाव तब हुन्छ जब कसैलाई अनुचित व्यवहार गरिन्छ किनभने उनीहरूको न्यू साउथ वेल्स कानूनद्वारा सुरक्षित यस्तो एउटा विशेषता छ, वा अनुमानित विशेषता हुन्छ।

यसमा देहाएका विशेषताहरू पर्छन्:

  • अपांगता (रोग र बिमारीहरू लगायत)
  • लिङ्ग (गर्भावस्था र स्तनपान लगायत)
  • जात
  • उमेर
  • वैवाहिक वा घरेलु स्थिति
  • समलैंगिकता
  • ट्रान्सजेन्डर हुनाले
  • हेरचाहकर्ताका जिम्मेवारी हरू।

केहीनिश्चित सार्वजनिक स्थानहरूमा भेदभाव गैर-कानूनी हो। यसमा निम्न स्थानहरू पर्छन्:

  • कार्यस्थलहरू
  • शैक्षिक स्थलहरू
  • जहाँ सामान र सेवाहरू उपलब्ध गरिन्छ
  • जहाँ आवास प्रदान गरिन्छ
  • दर्तावाल क्लबहरूमा।

हेरचाहकर्ताको जिम्मेवारी सम्बन्धि भेदभाव कामको सनदर्भमा मात्र गैर-कानूनको हुन्छ।

यौन उत्पीडन

कसैलाई यौन दुर्व्यवहार गर्नु कानूनको बिरूद्ध हो। यौन उत्पीडन भनेको यौन प्रकृतिको कुनै पनि अप्रिय व्यवहार हो जसले कसैलाई अपमान, अपमानित वा डराउने अनुभूति दिलाउँछ।

यसमा निम्न व्यवहार समावेश हुन सक्दछ:

  • यौनसम्बन्धी व्यवहार देखाउनु
  • केही गरिदिने प्रलोभनमा संभोग गर्ने मागहरू
  • यौन सङ्केत गर्ने इशारा, चुट्किला वा टिप्पणीहरू।

अपमान

अपमान एक सार्वजनिक कार्य हो जसले एक व्यक्ति वा समूहप्रति घृणा, गम्भीर अवहेलना वा उपहास जगाउन सक्छ। अपमानको केही विशेषताहरू कानूनको बिरूद्ध छन्।

यी विशेषताहरू यस्ता हुन्:

  • जात
  • धर्म
  • समलैंगिकता
  • ट्रान्सजेन्डर हुनाले
  • एचआईभी (HIV) / एड्स AIDS) भएको।

कुनै पनि सार्वजनिक कार्य जसले मानिसहरूको समूहलाई उनीहरूको जात, धार्मिक आस्था वा सम्बद्धता, यौन झुकाव, लैंगिक पहिचान, इन्टरसेक्स वा एचआईभी/एड्स भएको कारणस्वरूप धम्क्याउने वा हिंसालाई जगाउने काम गर्दछ त्यो एक आपराधिक कार्य हो जसलाई प्रहरीमा उजूरी गर्नु पर्दछ।

पीडित बनाउनु

तपाईंले भेदभावको उजूरी गर्नुभएको छ (वा गर्ने योजना बनाउनुभएको छ), वा किनभने तपाईंले भेदभावको उजूरीको बारेमा सूचना वा प्रमाण प्रदान गर्नुभयो कारण यदि तपाईंलाई दुर्व्यवहार गरिएको छ भने यसले तपाईंलाई पीडित बनाइएको (भिक्टिमाइजेसन) मानिन्छ। न्यू साउथ वेल्समा पीडित बनाउनु कानूनको बिरूद्ध छ।

यदि तपाईं भेदभाव अनुभव गर्नुहुन्छ भने के गर्ने?

तपाईंले Anti-Discrimination NSW (भेदभाव विरोधी एनएसडब्ल्यु) सोधपुछ सेवालाई 02 9268 5544 वा 1800 670 812 मा सम्पर्क गर्नुहोस् वा adbcontact@justice.nsw.gov.au मा ईमेल पठाउनुहोस्। तपाईंको अवस्था वा तपाईंलाई जे भएको छ त्यो कानूनविपरीत छ कि छैन भनेर निश्चित हुनुहुन्न भने, वा यदि तपाईं एनएसडब्ल्यु भेदभाव विरोधी कानूनको बारेमा केही जानकारी चाहनुहुन्छ भने तपाईं हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

यदि तपाईंले भेदभाव, यौन उत्पीडन वा अपमानको अनुभव गर्नुभयो र कुनै व्यक्ति वा कम्पनीको बारेमा एक औपचारिक उजूरी गर्न चाहनुहुन्छ भने, कृपया हाम्रो उजूरी फाराम प्रयोग गर्नुहोस्। तपाईं आफ्नो उजूरी कुनै पनि भाषामा लेख्न सक्नुहुन्छ, र हामी तपाईंको उजूरीलाई शुल्कविना हामी अंग्रेजीमा अनुवाद गर्नेछौं । आफ्नो उजूरी complaintsadb@justice.nsw.gov.au मा ईमेल गर्नुहोस्। यदि तपाईंलाई आफ्नो उजूरी लेख्न गाह्रो छ भने, तपाईंको गुनासो पेश गर्नका लागि अन्य विकल्पहरू छलफल गर्न तपाईं हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

यदि तपाईंलाई हाम्रा कुनै पनि सेवाहरूमा पहुँच गर्नको लागि दोभाषे चाहिन्छ भने, कृपया 131 450 मा Translating and Interpreting Service (अनुवाद र दोभाषे सेवा) लाई सम्पर्क गर्नुहोस् र 02 9268 5544 मा उनीहरूलाई Anti-Discrimination NSW (भेदभाव विरोधी एनएसडब्ल्यु) लाई फोन गर्न लगाउनुहोस्।

यदि तपाईंलाई कानुनी मद्दत चाहिएमा Law Access (ल एकसेस्) लाई 1300 888 529 मा सम्पर्क गर्नुहोस्।

यदि तपाईंले भेदभाव वा अपमानको अनुभव गर्नुभएको छ जुन आपराधिक हो भने कृपया NSW प्रहरीलाई सम्पर्क गर्नुहोस्।

तपाईंले Anti-Discrimination NSW (भेदभाव विरोधी एनएसडब्ल्यु) मा उजूरी गरेपछि के हुन्छ?

हाम्रो भूमिका तपाईं र अन्य पक्षलाई समाधान खोज्न मद्दत पुर्‍याउनु हो। जब हामी तपाईंको गुनासो प्राप्त गर्छौं, यदि यो कानूनविरूद्ध भएको देखिन्छ भने, हामी तपाईंको उजूरीलाई अर्को चरणमा पठाउछौ।

हामी तपाईंको उजूरी प्राप्त गरेको दुई हप्ताभित्र फोन वा पत्रबाट तपाईंलाई सम्पर्क गर्नेछौं। जब हामी तपाईंसँग कुरा गर्छौं, हामीलाई आवश्यक अन्य सूचनाको लागि तपाईंलाई सोध्न सक्छौं। हामी तपाईंको गुनासो सम्हाल्ने योजनाको बारेमा छलफल गर्नेछौँ।

तपाईंले उजूरी गरिरहनुभएको व्यक्तिलाई प्रतिवादी भनिन्छ। हामी प्रतिवादीलाई तपाईंको उजूरीको प्रतिलिपि र तपाईंले प्रदान गर्नुभएको कुनै कागजपत्रका साथै सान्दर्भिक कानूनको व्याख्या गरेर हाम्रो पत्र पठाउनेछौं। प्रतिवादीलाई त्यसपछि जवाफ प्रदान गर्ने मौका हुन्छ।

यदि यसले स्थिति समाधान गर्दैन भने हामी तपाईं र प्रतिवादीबीच एक बैठकको आयोजना गर्न सक्छौं। यसलाई मेलमिलाप सम्मेलन भनिन्छ। मेलमिलाप दुबै पक्षका लागि एकसाथ भेला हुने र उजूरी सुल्झाउने तरिकाहरूमा छलफल गर्ने अवसर हो।

हामी कसैको पक्ष लिन वा तपाईंलाई कानुनी सल्लाह दिन सक्दैनौं। यदि हामी समस्या सुल्झाउन तपाईंलाई मद्दत गर्न सक्दैनौं भने, तपाईंले आफ्नो उजूरी NSW Civil and Administrative Tribunal (एनएसडब्ल्यु नागरिक तथा प्रशासकीय न्यायाधिकरण अर्थात ‘ट्राइव्युनल’) मा लैजान सक्नु हुनुहुनेछ।

उजूरी फाराम डाउनलोड गर्नुहोस्

Last updated:

24 Jan 2024

Was this content useful?
We will use your rating to help improve the site.
Please don't include personal or financial information here
Please don't include personal or financial information here

We acknowledge Aboriginal people as the First Nations Peoples of NSW and pay our respects to Elders past, present and future. We acknowledge the ongoing connection Aboriginal people have to this land and recognise Aboriginal people as the original custodians of this land.

Top Return to top of page Top